१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस नेता डा महतद्धारा पोखरामा एनआरएन भेलालाई सम्वोधन

नेपालब्रिटेन डट कम्
५ माघ २०७६, आईतवार १५:२२

लण्डन । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले गैरआवासीय नेपालीहरु नेपालसँग जोडिराख्दा मात्रै नेपालले फाइदा लिन सक्ने बताएका छन् ।

पोखराको रुपाकोटमा आइतवार गैर आवासिय नेपाली महासंघको अन्तरास्ट्रिय समान्वयन परिषदको बैठकलाई संबोधन गर्दै पूर्वमन्त्री समेत रहेका महतले नेपाल भन्दा बाहिर रहेका गैर आवासीय नेपालीहरुलाई केही लिमिटेसन राखेर नागरिकता दिनुपर्ने पनि तर्क गरे। अहिले बाहिर रहेका गैर आवासीय नेपालीलाई त्यहाँ सम्म पुर्याउने हैसियत नेपाली आमा बुबा र दाजुभाइहरुले नै बनाइदिएको महतको तर्क थियो ।

गैरआवासीय नेपाली नागरिकलाई अर्कै देशको नागरिक जस्तो ब्यबहार गरेर ती नेपालीलाई नेपालबाट टाढा बनाउन नहुनेमा महतको जोड दिए।

गैर आवासीय नेपालीलाई नेपालसँग जोडिन सहज बनाउने कानुन बनाउन कहाँनेर सहयोग गर्नुपर्छ त्यहा सहयोग गर्न आफू तयार रहेको समेत प्रतिबद्धता व्यक्त गरे।
गैरआवासीय नेपाली संघको ७१ औं बैठक आइतवार साँझ पोखरामा सम्पन्न हुदैंछ । बैठकमा २३ देशका ६० भन्दा बढी केन्द्रीय सदस्यहरु बैठकमा उपस्थित छन् ।