६ चैत्र २०८०, मंगलवार
Follow Us

२० महिनामा यसरी स्वाहा भयो एनआरएन युकेको ४ करोड (प्रमाण सहित)

नेपालब्रिटेन डट कम्
५ माघ २०७६, आईतवार २०:२१

‘प्रधानमन्त्री ओलीलाई सुनको गिफ्ट’

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको निवर्तमान कार्यसमितिले आफ्नो आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

संघका निवर्तमान अध्यक्ष योग कुमार फगामीको कार्यसमितिले आफ्नो कार्यकालको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

निर्वमान कोषाध्यक्ष सचिन श्रेष्ठले संघको आइतवार सम्पन्न कार्यसमितिको बैठकमा सो प्रतिवेदन नयाँ कार्यसमितिलाई उपलव्ध गराएको उपाध्यक्ष सुनिल खड्काले जनाए ।

संघकी अध्यक्ष पुनम गुरुङ्गको अध्यक्षतामा प्लमस्टेडमा बसेको बैठकमा सहभागीहरुले श्रेष्ठको प्रतिवेदन चित्तबुझ्दो नभएको भन्दै विस्तृत लेखा परिक्षण हुनु पर्नेमा जोड दिएका थिए ।

निर्वाचन भएको ५ महिना सम्म आर्थिक प्रतिवेदन बुझाउन नसक्दा पुरानो कार्यसमिति विवादमा तानिएको थियो ।

श्रेष्ठले २२ पेज लामो विस्तृत आर्थिक प्रतिवेदन कार्यसमिति समक्ष पेश गरेका थिए । प्रतिवेदनमा पछिल्लो कार्यसमितिको खर्च विवरणको फेरहिस्ता प्रस्तुत गरिएको छ । प्रतिवेदन अनुसार गत सेप्टेम्वर महिनामा सम्पन्न निर्वाचनको खर्च १ लाख १८ हजार ५ सय ९३ पाउण्ड देखाएको छ ।

सो रकम मध्य एम्पायर हलको भाडा मात्र ३३ हजार ६ सय २४ पाउण्ड खर्चिएको छ । यस्तै डेटा इन्ट्रि ६ हजार १ सय २८ पाउण्ड, मतदान केन्द्र १५ हजार ४ सय ४५ पाउण्ड, एके गुरुङ्ग डेटा इन्ट्रि (छुट्टै) २४ हजार ६ सय पाउण्ड, सुरक्षा प्रवन्ध १२ हजार ६ सय ९२ पाउण्ड खर्च देखाएको छ ।

अन्य खर्चमा बिभिन्न रेष्टुरेन्टमा आएको विल ९ हजार १ सय पाउण्ड, डिजिटल एनआरएनए ५ हजार पाउण्ड, ह्याडओभर टेक ओभर ३ हजार ५ सय पाउण्ड आदी रहेको छ ।

प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्माओलीको वेलायत भ्रमणमा दिएको सुन र चाँदीको गिफ्ट खर्च ३ सय ५० पाउण्ड र अर्थमन्त्री युवराज खतिवडा आउँदा २ हजार पाउण्ड खर्च भएको देखाएको छ ।

हेरौं एनआरएनए युकेको निवर्तमान कार्यसमितिको आर्थिक प्रतिवेदनको मुख्य अंशः

 

१८ सेप्टेम्वर २०१७ पुरानो कार्यसमिति सहितको खर्च

निर्वाचन र सदस्यता दर्तामा भएको खर्च


कुन मतदान अधिकृतले कति बुझे

मतदान केन्द्रमा भएको खर्च

विस्तृत आम्दानी तथा खर्च तल हेर्नुहोला ।