७ बैशाख २०८१, शुक्रबार
Follow Us

मेघन मर्केलका कारण राजपरिवारको बदनाम

नेपालब्रिटेन डट कम्
६ माघ २०७६, सोमबार ०४:३१

लण्डन : बेलायती राजपरिवारका पूर्वयुवराज ह्यारी र उनकी पत्नी मेघन मर्केल पछिल्लो समय विवादमा छन् ।

हालै उनीहरु राजपरिवारको जिम्मेवारीबाट मुक्त पनि भए । तर यसबीचमा ह्यारी दम्पतीको प्रतिक्रिया र अन्तर्वार्तालाई लिएर मुद्दा नै बनेको छ । हालै मेघनका बावु थोमस मर्केलले आफ्नी छोरीले बेलायती राजपरिवारको बदनाम गरेको टिप्पणी गरेका छन् ।

बकिंघम प्यालेसले ह्यारी दम्पतीलाई जिम्मेवारी मुक्त भएको घोषणा गरेपछि थोमसले एक अन्तर्वार्ता दिएका थिए । थोमसले छोरीको पछिल्लो गतिविधिलाई लिएर कडा टिप्पणी गरेका हुन् ।
‘च्यानल फाइभ न्युज’का लागि दिएको अन्तर्वार्ता सार्वजनिक हुँदै गरेको बताइएको छ ।

जहाँ थोमसले मेघनलाई ‘हरेक केटीहरुको पैसा कमाउने सपना फ्याँकिदिएको’ आरोप लगाएका छन् । साथै उनीबाट दुखी बनेको पनि उनको प्रतिक्रिया छ । राजपरिवारलाई थोमसले ‘अहिलेसम्मकै जीवन्त रहने महान संस्था’ को रुपमा चित्रित गरेका छन् ।

मेघनले २०१८ मा ह्यारीसँग विवाह गरेकी थिइन् । राजपरिवारको एक सदस्य र प्रतिनिधिको रुपमा मेघन रहेको तर उनीहरुले त्यो छवि नष्ट गरिदिएको थोमसको आरोप छ ।