१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सभामुखमा सिफारिस भएका सापकोटाविरुद्धको सुनुवाइ २२ माघमा

नेपालब्रिटेन डट कम्
६ माघ २०७६, सोमबार ०४:३९

काठमाडौँ । सभामुखमा सिफारिस भएका अग्निप्रसाद सापकोटाविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा यही माघ २२ गते सुनुवाइ हुने भएको छ ।

नेकपा स्थायी समिति सदस्य समेत रहेका सापकोटाविरुद्ध एक मुद्दा र २ वटा रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । सापकोटालाई आइतबार नेकपाले सभामुखमा सिफारिस गरेको थियो ।

काभ्रे छत्रेबाँझका अर्जुन लामाको अपहरण गरी हत्या गरेको आरोप सापकोटामाथि छ । अपहरणमा परेका लामाको शव २ महिनापछि फेला परेको थियो ।

संवैधानिक इजलासले उनको मुद्दा हेरिरहेको छ ।