१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पछि हट्नुबाहेक अन्य कुनै विकल्प थिएन : ह्यारी

नेपालब्रिटेन डट कम्
६ माघ २०७६, सोमबार ०४:५२

एजेन्सी । ड्युक अफ ससेक्सले बेलायती राजपरिवारको सदस्यको रुपमा पछि हट्नुबाहेक अन्य कुनै विकल्प नभएको बताएका छन् ।

आइतबार बेलुका आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू र मेगन अन्त कतै जान नलागेको पनि स्पष्ट पारेका छन् ।

राजपरिवारको जिम्मेवारी छाड्ने घोषणा गरेपछि ह्यारीको यो पहिलो सम्बोधन हो ।

जनवरी महिनाको सुरुवातमा राजकुमार ह्यारी र मेगनले राजपरिवारको वरिष्ठ सदस्यको पद त्याग्ने र आर्थिक रुपमा स्वतन्त्र हुने घोषणा गरेका थिए ।

दक्षिणी अफ्रिकामा एचआइभी संक्रमित बालबालिकाका लागि काम गर्ने संस्था सेन्टेबेलको कोष संकलन कार्यक्रमको सुरुवात गर्दै उनले भने, ‘ विगत केही हप्तादेखि तपाईंहरुले जे जति सुन्नुभयो, पढ्नुभयो, त्यसबारे म अनुमान मात्र गर्नसक्छु ।’

‘त्यसकारण म तपाईंहरुलाई सत्यताबारे अवगत गराउन चाहन्छु, राजकुमारको रुपमा होइन, ड्युकको रुपमा पनि होइन तर ह्यारीको रुपमा ।’

सम्बोधनको क्रममा उनले आफ्नी हजुरआमा र आफ्ना कमान्डर इन चिफप्रति सधैंभरी अत्यधिक कृतज्ञ रहिरहने पनि बताएका छन् ।

‘हामीले महारानी, कमनवेल्थ र आफ्ना सैन्य संगठनलाई सामाजिक कोष बिना सहयोग गर्ने आशा राखेका थियौं तर दुर्भाग्यवश, त्यो सफल हुन सकेन,’ उनले भने ।
‘मैले यसलाई स्विकार गरेको छु, यसले मेरो पहिचान र मेरो प्रतिबद्धतालाई परिवर्तन गर्दैन भन्ने कुरामा विश्वस्त छु ।’

ह्यारी र मेगनको इन्स्टाग्राम अकाउन्टमा पोष्ट गरिएको ह्यारीको भाषणमा भनिएको छ, ‘जब मेरो र मेगनको विवाह भयो, हामी निकै उत्साहित थियौं, हामी आशावादी थियौं र हामी यहाँको सेवाका लागि तत्पर थियौं ।’