१५ चैत्र २०८०, बिहीबार
Follow Us

बिरगञ्जमा पाँच दिने बृहत योग शिविर शुरु

नेपालब्रिटेन डट कम्
९ मंसिर २०७३, बिहीबार ०६:४४

वीरगन्ज । बिरगञ्जको आदर्शनगरस्थित रंगशालामा आजवाट बृहत योग शिविर शुरु भएको छ । योग शिविरको राष्ट्रपति विद्यादेवि भण्डारीले एक समारोहबीच उदघाटन गरिन । भारतका प्रख्यात योगगुरु वावा रामदेवको प्रमुख आतिथ्यतामा भएको योग शिविरमा बालकदेखि बृद्धसम्म सहभागि भएका छन् ।
शिविरको उदघाटन गदै राष्ट्रपति भण्डारी मानसिक तथा शारिरिक आरोग्यताका लागि योग महत्वपूर्ण माध्यम भएको बताइन ।
कार्यक्रममा योेग गुरु रामदेबले राष्ट्रपति विद्या भण्डारीलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । योग शिविर पाँचदिनसम्म सञ्चालन हुनेछ । योगवाट बिभिन्न रोग निको हुने बिश्वासका साथ हजारौं स्थानीय सहभागि भएका थिए ।।
रामदेवले आजै बाराको प्रसौनीमा रहेको पतञ्जली आयूर्वेद प्रालिको उद्घाटन गर्ने कार्यक्रम छ । ५ दिनको बसाईका क्रममा रामदेवले नेपालका विभिन्न ठाउँको भ्रमण तथा अवलोकन गर्ने कार्यक्रम पनि छ । मंसिर ११ गते राजबिराज, जनकपुर र चितवनको भ्रमण गर्ने कार्यक्रम रहेको छ । सोही दिन विहान हुने योग शिविरमा मन्त्री लगायत बिशिष्ट ब्यक्तिहरु समेत सहभागि हुने बताइएको छ ।