११ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाल अब भुपरिवेष्टित रहेन : उद्योगमन्त्री भट्ट

नेपालब्रिटेन डट कम्
७ माघ २०७६, मंगलवार ०५:४३

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले नेपाल अब भुपरिवेष्टित देश नरहेको बताएका छन् ।

‘नेपाल अब भुपविृस्टित रहेन । हवाइमार्गबाट होस वा अन्य स्थलमार्गबाट होस हामी पहिले जस्तो भुपरिबेष्टित नै भन्नुपर्ने अवस्था छैन’ सोमबार ललितपुरस्थित एक होटलमा नेपाल इन्टरमोडल यातायात विकास समितिको २३ औं वार्षिकोत्सव तथा रसद २०७६ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले भने ।

भारतसँग भूमार्गको मात्रै विगतमा रहेको भनिने गरिएकोमा जल यातायात, रेल यातायात, सुरुङमार्गसम्बन्धी सम्झौता र आयोजनाहरुले नेपाल भुप।िवृष्टित मात्रै हो अब भन्न नपर्ने देखिएकाृ उनले बताए ।

मन्त्री भट्टले सरकार परिवर्तित सत्ता अनुरुपको ऐन कानुन र संरचना निर्माणमा लागेको पनि बताए । ‘सत्ता परिवर्तन भएको छ । परिवर्तित सत्ता अनुरुपको कानुन र संरचना निर्माण गर्न तर्फ सरकार छ । हामी सुल्टो तिर नै गइरहेका छौं’ उनले भने ।

मन्त्रर िभट्टले नेपाल इन्टरमोडलको नेपाली नामाकरण गर्न सकिन्छ कि भन्नेमा सोच्नुपर्ने हो कि भन्ने सुझाव दिए ।

सरकार आर्थिक विकास र समृद्धिो दिशामा रहेको भन्दै उनले सबै मिलेर मात्रै उदेश्य पुरा गर्न सकिने बताए ।

‘राजनीति गर्ने पनि रुपान्तरित हुन जरुरी छ । पार्टी र प्रधानमन्त्रीले हामीलाई विश्वास गरेर हामीलाई जिमेवारी दायित्व दिइएको हो । राम्रो भएन भने हामीलाई पार्टीले फिर्ता बोलाउँछ’ मन्त्री भट्ट भन्छन्, ‘कुनै पनि लडाई जित्न सिपाहीदेखि कमाण्डरसम्म एक हुनपर्छ । त्यो ताकत हामी मन्त्रालयदेखि जाडिएका सबैमा हुन आवश्यक छ ।’

कार्यक्रममा नेपाल इन्टरमोडल यातायात विकास समितिका अध्यक्ष वैकुण्ठ अर्यालले पनि नेपाल भुपरिबेष्टितबाट भुजडित भएको बताए । भारत र चीन तर्फ निर्माण भएका वा तयारीमा रहेका सुख्खा बन्दरगाहरु उदाहरणका रुपमा रहेको उनले बताए ।