१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्षको मृत्यु

नेपालब्रिटेन डट कम्
७ माघ २०७६, मंगलवार ०५:४४

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका वडा नम्बर १ मा मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्षको मृत्यु भएको छ ।
गएराति मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका वडा नम्बर १ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको हो ।
पूर्व देखि पश्चिमतर्फ जाँदै गरेको को ३६ प ५३०६ नम्बरको मोटरसाइकलमा सवार ३८ वर्षीय वडाध्यक्ष चौधरी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उनको निधन भएको सप्तरीका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जनाए ।