८ बैशाख २०८१, शनिबार
Follow Us

काँग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय, सापकोटाद्वारा उम्मेदवारी दर्ता

नेपालब्रिटेन डट कम्
७ माघ २०७६, मंगलवार ०६:१६

काठमाडौँ । नेपाली काँग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ । काँग्रेस संसदीय दलको मंगलबार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सभामुख निर्वाचित गर्न यथेष्ठ मत रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधि सभाको सभामुख पदको आसन्न निर्वाचनमा आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैमा तटस्थ रहनु पर्ने पद भएको कुरालाई ध्यानमा राख्दै नेपाली कांग्रेस संसदीय दल आफ्नो तर्फबाट प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दछ ।’

प्रतिनिधिसभाको सभामुख पदमा नेकपा नेता अग्नि सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।