७ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

नेपालब्रिटेन संवाददाता
७ माघ २०७६, मंगलवार ०६:३४

काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ । आज बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने भएकाले उम्मेदवारी नदिने निर्णय गरिएको बताइएको छ ।

संसदमा प्रष्ट बहुमत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने भएकाले उम्मेदवारी नदिने निर्णय गरिएको कांग्रेसका एक नेताले जानकारी दिए ।