१३ बैशाख २०८१, बिहीबार
Follow Us

पानारोमा रिसोर्टमा अचेत अवस्थामा भेटिएका आठै जना भारतीय पर्यटकको मृत्यु

नेपालब्रिटेन संवाददाता
७ माघ २०७६, मंगलवार ०६:३५

काठमाडौं । मकवानपुरको थाहानगरपालिका–४ को दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा भेटिएका आठजना भारतीय पर्यटकको मृत्यु भएको छ । अचेत अवस्थामा भेटिएका आठै जनाको मृत्यु भएको ह्याम्स अस्पतालका सिइओ अनिल ओडिलले पुष्टी गरेका छन् ।

उनीहरुलाई मकवानपुरबाट काठमाडौंको मण्डिखाटारमा रहेको ह्याम्स अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उनीहरुले दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा सोमबार रात बिताएका पर्यटक अचेत अवस्थामा भेटिएका थिए । उनीहरु आठै जना एउटै कोठामा सुतेका थिए । १५ जनाको समूह दामन घुम्न आएको र एउटा कोठामा सातजना अर्कोमा आठजनाले रात बिताएका थिए ।