१३ बैशाख २०८१, बिहीबार
Follow Us

शाही पदवी खोसिए पछि राजकुमार ह्यारी क्यानडा तिर

नेपालब्रिटेन डट कम्
७ माघ २०७६, मंगलवार १८:४७

लन्डन । राजकुमार ह्यारी श्रीमती मेघन र छोरा आर्चीसँगै बस्न सोमबार साँझ क्यानडा गएका छन् । लन्डनमा भएको युके–अफ्रिका इन्भेस्टमेन्ट समिटमा सहभागी भएपछि राजकुमार ह्यारी क्यानडाको भ्यानकुभर गएका हुन् ।

ह्यारी क्यानडाकाे भ्यानकुभरमा केही महिनादेखि मेघन र छाेरा आर्चीसँग बस्दै आएका छन्। ह्यारीले ८ महिने छाेरा आर्चीलाई सामान्य जीवनमै हुर्काउने बताएका थिए ।

क्यानडा जानुअघि उनले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग पनि ‘वान–टु–वान’ भेटवार्ता गरेका थिए। भेटमा प्रधानमन्त्री जोन्सनले राजकुमार ह्यारी, मेघन र छोरा आर्चीको सुखद भविष्यका लागि पुरै बेलायतले कामना गरेको बताए।

मे २०१८ मा अमेरिकी अभिनेत्री मेघनसँग वैवाहिक जीवनमा जोडिएसँगै ‘शान्त र सहज जीवनयापन’ का लागि भन्दै ह्यारीले राजकीय जिम्मेवारी त्याग्ने संकेत गरेका थिए। ह्यारी दम्पतीले गत अक्टोबरमा शाही जीवनको चुनौती र केही बेलायती अखबारले आफूहरुको पिछा गरेको भन्दै चिन्ता व्यक्त गरेको समाचार प्रकाशित भएका थिए। ह्यारीले मिडियाका कारण मेघनले आफ्नी आमा डायनाकै नियति भोग्नुपर्ने त्राससमेत व्यक्त गरेका थिए। जनवरी ८ मा भने ह्यारी र मेघनले औपचारिक रुपमा सम्पूर्ण राजकीय जिम्मेवारीबाट अलग रहेर उत्तर अमेरिकामा नयाँ जीवनको सुरुवात गर्ने घोषणा गरेका थिए।

दरबारसँग भएको नयाँ सम्झौताअनुसार ह्यारी र मेघनले महारानी एलिजाबेथको प्रतिनिधित्व गर्नेछैनन्। उनीहरु सैन्य नियुक्तिबाट हट्‌ने र बेलायती महारानीको औपचारकि प्रतनिधित्विसमेत गर्ने छैनन्। उनीहरुको शाही पदवी पनि खोसिएको छ। बकिंघम दरबारसँगको सम्झौताअनुसार ह्यारी र मेघनले वीन्डजोर वर्कसायरस्थित आफ्नो निवास फ्रगमोर कटेज मर्मतका लागि करदाताबाट लएिको २‍.४ मिलियन पाउन्ड पनि फिर्ता गर्ने भएका छन्।