१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन दोस्रो विज्ञ सम्मेलन आगामी अक्टोवरमा धुलिखेलमा हुने

नेपालब्रिटेन डट कम्
८ माघ २०७६, बुधबार १२:३६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा हुने दोश्रो एनआरएन विज्ञ सम्मेलन आगामी अक्टोवरमा हुने भएको छ ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार सो सम्मेलन काठमाडौं विश्वविद्यालय धुलिखेलमा हुने भएको हो ।

पहिलो सम्मेलन सोल्टी होटलमा आयोजना हुदाँ महङ्गो दर्ता शुल्क भएको आलोचना भए पछि संघले दोस्रो सम्मेलन काठमाडौं विश्वविद्यालयमा गर्न लागेको हो ।

काठमाण्डौं विश्वविद्यालयमा सम्मेलनको आयोजना गर्दा सहभागीहरुको संख्या बढ्ने विश्वास डा. शर्माको छ ।

यसै बीच संघको एक टोलीले बुधवार काठमाडौं विश्वविद्यालयका उपकुलपती, डिनहरु, विभागीय प्रमुखहरु लगायत उच्चपदाधिकारीसंग छलफल गरेको छ ।

छलफलमा काठमाडौं विश्वविद्यालयका भिसी प्रोफेशर डा. रामकण्ठ मकाजु श्रेष्ठ, डिनहरु प्रोफेशर महेश पराजुली, सागरराज शर्मा, डा. हेम राज काफ्ले लगायतको उपस्थिती थियो ।

संघका पदाधिकारी सहित काठमाण्डौं विश्वविद्यालय पुगेको टोलीले सम्मेलनलाई उपलब्धीमुलक बनाउन घनिभुत छलफल भएको महासचिव डा. शर्माले जनाए ।

संघको टोलीमा उपाध्यक्षहरु सोनाम लामा, मन केसी, कोषाध्यक्ष महेश श्रेष्ठ, महिला संयोजक भूमा लिम्बु लगायतको उपस्थिती थियो ।

यसअघि संघले एनआरएन विज्ञ सम्मेलन वारे परराष्ट्रमन्त्रालय लगायत नेपाल सरकारका उच्चअधिकारीसंग छलफल गरेका थियो ।