१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पूर्व राजदूत शर्माको अन्त्येष्टी नेपालमा गरिने, आज साउथलमा राखिने

नेपालब्रिटेन डट कम्
८ माघ २०७६, बुधबार १४:०४

लन्डन । ह्दयघातका कारण गत मंगलबार लन्डनमा निधन भएका बेलायतका लागि नेपाली पूर्व राजदूत 
मुरारीराज शर्माको अन्त्येष्टी नेपालमा गरिने भएको छ । लन्डन पट्नी स्थित आफै निवासमा ६८ वर्षको उमेरमा निधन भएका शर्माको शवलाई विहिवार (भोलि) नेपाल लैजाने तयारी भैरहेको पारिवारीक स्रोतले जनाएको छ ।

नेपाल शव पठाउनु भन्दा अघि स्वर्गिय शर्माप्रति श्रद्धान्जली व्यक्त गर्न चाहनेहरुको लागि आज साँझबाट साउथलस्थित एन्जल फिनरल डाइरेक्टमा राखिने भएको छ ।

सन् २००७ नोभेम्बर देखि २००९, अप्रिलसम्म शर्मा लन्डनस्थित नेपाली दूतावासमा १८ औं राजदूतका रुपमा कार्यरत थिए । उनले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर पनि काम गरेका थिए । पूर्व परराष्ट्र सचिव शर्माले अर्थ, गृह र सामान्य प्रशासन मन्त्रालयमा पनि काम गरे ।