१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सर्वाेच्चले तीन वर्षपछि खोज्यो कूटनीतिक राहदानी दुरुपयोगको फाइल

nepalbritain news
९ माघ २०७६, बिहीबार ०१:४६

काठमाडौं । कूटनीतिक राहदानी दुरुपयोग गर्दै अस्ट्रेलियामा मानव तस्करी गराएको अभियोगमा पुनरावेदनमा परेको मुद्दामा सर्वोच्च अदालतले तीन वर्षपछि फाइल खोजेको छ । सर्वोच्चले मंगलबार कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोगसम्बन्धी उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौंमा रहेको मुद्दाका फाइल झिकाउने आदेश दिएको हो । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासले राहदानी दुरुपयोगमा जिल्ला अदालत काठमाडौंमा दर्ता भएको किर्ते जालसाजी मुद्दाको फाइल र सरकारी वकिलको कार्यालयले त्यस मुद्दामा पुनरावेदन गरे–नगरेको विवरण पेस गर्नसमेत आदेश दिएको छ ।

जिल्ला अदालतले तत्कालीन समयमा केहीलाई दोषी ठहर गर्दै अधिकांशलाई सफाइ दिएको थियो । विशेषले पूर्वसांसद शिवपुजन राय यादव, विश्वनाथप्रसाद यादव र गायत्री साहलाई दोषी ठहर गर्दै जनही तीन महिना कैद र १५ हजार रुपैयाँ जरिमाना गर्ने फैसला गरेको थियो, अन्यले सफाइ पाएका थिए ।

विशेषको सो निर्णयविरुद्ध सरकार र आरोपी दुवै पक्ष सर्वोच्च पुगेका थिए । विशेषको फैसलाविरुद्ध सरकारले ९ जेठ २०७३ मा सर्वोच्चमा पुनरावेदन गर्दै फैसला त्रुटिपूर्ण रहेको र सांसद नारदमुनि रानासहित सबैविरुद्ध अभियोग पुष्टि हुनुपर्ने दाबी गरेको थियो ।राजधानी दैनिकमा खबर छ ।