४ बैशाख २०८१, मंगलवार
Follow Us

राष्ट्रियसभा सदस्य निर्वाचन : सातै प्रदेशमा मतदान सुरु

sarusaru
९ माघ २०७६, बिहीबार ०५:४४

राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ । कूल सदस्यमध्ये १८ पदका लागि बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।
वाग्मती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गरेका छन् ।
यस प्रदेशमा रिक्त महिला र अन्य समूहमा तीन-तीन जनाका दरले छ जनाको उम्मेदवारी रहेको छ । प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता छन् ।