१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रियसभा निर्वाचनको मतदान सुरु

नेपालब्रिटेन संवाददाता
९ माघ २०७६, बिहीबार ०६:२५

काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ । कूल सदस्य मध्ये १८ पदका लागि विहान १० बजेदेखि मतदान सुरु भएको हो । वाग्मती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गरे । यस प्रदेशमा रिक्त महिला र अन्य समूहमा तीन÷तीन जनाका दरले छ जनाको उम्मेदवारी रहेको छ । प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता हुनुहुन्छ ।