१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दिपक गुरुङ ‘मनाङे’ पक्राउ

नेपालब्रिटेन संवाददाता
९ माघ २०७६, बिहीबार ११:०१

पोखरा । गण्डकी प्रदेश सभाका सांसद दिपक गुरुङ ‘मनाङे’ पोखराको लेकसाइडबाट पक्राउ परेका छन् । गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्की लगिएको छ । पक्राउ अघि जिल्ला प्रशासन कार्यालय कास्कीले सांसद गुरुङ ’विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

मनाङबाट आएका खेलाडीको व्यवस्थापनका लागि आफूले मागेको खर्च नदिएको भन्दै सांसद गुरुङले मंगलबार पोखरामा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनअघि एन्फा कास्की अध्यक्ष गुरुङलाई झापड हानेका थिए।

बुधबार एन्फाका कास्की अध्यक्ष मिलनगुरुङले गण्डकी प्रदेश सभाका सांसद गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधअन्तर्गत जाहेरी दिएका थिए। अध्यक्ष गुरुङलाई दुर्व्यवहार गरेको अभियोगमा सांसद गुरुङ पक्राउ परेका हुन् ।