६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन यूके राज्य समन्वय विभाग बिस्तार, ६ सल्लाहकार मनोनित

नेपालब्रिटेन डट कम्
९ माघ २०७६, बिहीबार १९:०२

लन्डन । गैर आवासीय नेपाली संघ ( एनआरएनए ) यूकेको राज्य समन्वय विभाग बिस्तार भएको छ ।

विभागका संयोजक एवम एनआरएनए यूके सचिव कोशलेश्वर ( कृष्ण ) ढकालले विभाग लाई पुर्णता दिइको जनाए ।

विभागमा एक सदस्यसचिव ९ सदस्य र ६ सल्लाहकार मनोनित भएका छन् ।

संयोजक ढकालका अनुसार सदस्यसचिवको जिम्मेवारी तारा लम्सालले पाएका छन् । सदस्यमा कृष्ण देवकोटा( स्कट्ल्यान्ड), लीला न्यूरे (नर्दन आयरल्यान्ड), शिवराज पन्थ ( लिभरपुल), बलराम अधिकारी(वेल्स), श्रद्धा थापा ( साउथ इष्ट), केशरी क्षेत्री( डर्बी), भोजराज कंडेल( चार्ल्टन) र अन्जना थापा( साउथ इष्ट ) छन् ।

त्यसैगरी, विभागको सल्लाहकारहरुमा राम गलामी, तिलक भट्टराई, अर्जुन गौतम, काशीराम भन्डारी, लाल थापा र ललितकुमार न्यौपाने मनोनित भएका छन् ।

विभागका संयोजक ढकालले बेलायतका ४ वटै राज्य र सबै क्षेत्रको प्रतिनिधि समेटेर विभाग बिस्तार गरेको बताए ।
अब छिट्टै विभागले कार्ययोजना तय गरी अघि बढ्ने योजना उनले सुनाए । आगामी २ वर्षमा बेलायतका चारै राज्यमा विभागको आयोजनामा एक-एक कार्यक्रम गरिने संयोजक ढकालले बताए ।