१३ बैशाख २०८१, बिहीबार
Follow Us

बर्थ टूरिज्म : गर्भवती महिलाको भिसा रोक्ने अमेरिकाको घोषणा

नेपालब्रिटेन डट कम्
१० माघ २०७६, शुक्रबार ००:४६

लन्डन । अमेरिकी सरकारले अमेरिकामा बच्चा जन्माउन आउने गर्भवती महिलालाई भिसा रोक्ने नियमको घोषणा गरेको छ । शुक्रबारदेखि लागु हुने नयाँ नियम अनुशार गर्भवती महिलाहरुलाई अमेरिकाको भिजिटर भिसा पाउन मुस्किल हुनेछ ।

नयाँ नियम बुधबार विश्वभरका दूतावासहरुमा पठाइसकिएको छ भने बच्चा जन्माउनका लागि अमेरिका आउनेहरुकालागि अमेरिकी विदेशमन्त्रालयले अब भिजिटर भिसा जारी नगर्ने ह्वाइट हाउसले घोषणा गरेको छ । यद्यपी कन्सुलर अधिकारीहरुले भिसा आवेदकलाई सिधै गर्भवती भए नभएकोबारे भने सोध्न पाउने छैनन् ।

भिसा आवेदक गर्भवती भएको र अमेरिकामा बच्चा जन्माउनको लागि आउन लागेको सन्दर्भमा निश्चित प्रकारका कारण आफूसँग नभएसम्म कन्सुलर अधिकारीहरुले आवेदकलाई गर्भवती भए नभएको सोध्न नहुने र भिसा नोटमा त्यस्तो कुनै कारण समावेश गर्नुपर्ने दूतावासहरुलाई पठाइएको निर्देशनमा उल्लेख छ । अर्थात् भिसा अस्वीकृत भएको खण्डमा भिसा अस्वीकार गर्ने अधिकारीले त्यसको कारणबारे भिसा नोटमा उल्लेख गर्नुपर्नेछ ।