११ बैशाख २०८१, मंगलवार
Follow Us

विवाद समाधानका लागि कांग्रेस शीर्ष नेताहरु छलफलमा

sarusaru
१० माघ २०७६, शुक्रबार ०६:५५

काठमाडौँ — कांग्रेसका शीर्ष नेताहरु विवाद समाधानका लागि छलफलमा जुटेका छन् । सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का तथा पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाबीच छलफल भइरहेको हो ।
देउवा निवास बुढानिलकण्ठमा भइरहेको छलफलमा कार्यदल सदस्यहरुले विवाद समाधानका विकल्प प्रस्तुत गरेका नेताहरुले
बताएका छन्।

पौडेल समूहको बहिष्कारबीच सभापति देउवाले गत पुस ११ गते केन्द्रीय कार्यसमितिको बैठकबाट बहुमतले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकासहितको मिति निर्धारण, महाधिवेशनको प्रयोजनार्थ सदस्यताको प्रावधान भएका विधानका धारा निलम्बन, विभागको संख्या वृद्धि र तरुण दलको म्याद ६ महिना थप्ने निर्णय गरेपछि कांग्रेस विवाद उत्कर्षमा पुगेको थियो।

बहुमतको निर्णय विरुद्ध नेता पौडेलले आफू निकटका जिल्ला सभापतिहरुलाई पुस २१ गते काठमाडौं बोलाएर तीन दिन परामर्श गरेका थिए भने बुद्धिजीवीहरुसँग पनि देउवाको एकलौटी विरुद्ध कसरी अगाडि बढ्ने भनेर छलफल गरेका थिए।

आफ्नो आलोचना पार्टीभित्र र बाहिर बढेपछि देउवाले महाधिवेशनको मिति यथावत राखेर अन्य निर्णय सच्याउन तयार रहेको बताएका थिए। पुस २७ गते नेता पौडेललाई आफ्नै निवासमा बोलाएर देउवाले आफू निर्णय सच्याउन तयार रहेको बताएका थिए।
बुधबार पनि नेताहरुबीच छलफल भएको थियो।
कान्तिपुर