१५ चैत्र २०८०, बिहीबार
Follow Us

सभामुख नबनाउन माग गर्दै अग्नि सापकोटाविरुद्ध सर्वोच्चमा रिट

नेपालब्रिटेन संवाददाता
१० माघ २०७६, शुक्रबार ०८:१०

काठमाडौँ । संघीय संसद अन्तरगतको प्रतिनिधिसभाको सभामुख पदका एक्ला उम्मेदवार सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा सभामुख नबनाउन माग गर्दै रिट दायर भएको छ ।

काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गर्न निर्देशन दिएको आरोप लागेका सापकोटालाई सभामुख बनाउन लागिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रीपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

फौजदरी अभियोगमा मुछिएको व्यक्ति सभामुखको उमेदवार रहेको भन्दै सभामुख निर्वाचनको सबै प्रक्रिया रोक्ने आदेश पनि माग गरिएको छ । सो रिटको पेशी आइतबार तोकिएको छ ।