१३ बैशाख २०८१, बिहीबार
Follow Us

आफ्नै नेतामाथि धावा बोल्दैछन पूर्वलडाकूहरु

नेपालब्रिटेन डट कम्
९ मंसिर २०७३, बिहीबार १२:४०

काठमाडौं । अयोग्य र नाबालकको बिल्ला भिराएर २०६६ साल पुस २३ देखि माघ २४ गतेसम्म देशका विभिन्न शिविरहरुबाट जनही २२ हजार रुपियाँका दरले रकम दिएर निकालिएका ४ हजार ८ जना माओवादी लडाकूका प्रतिनिधीले माओवादी मुख्यालय पेरिसडाडामा पटक पटक आन्दोलन गरिसकेका छन् । तिनलाई तत्काल तह लगाउन प्रहरी हस्तक्षेप पनि गरिसकेको छ।

‘हामीले लडिदिएकोमा तपाईहरु कुर्चीमा पुग्नुभयो, चिल्लो कारमा हिड्नुभयो र महलमा बस्नुभयो । हामीले नलडिदिएको भए तपाईहरु बढिमा प्रावि र माविका शिक्षक बन्नु हुन्थ्यो होला । तपाईलाई विश्वले चिन्छ त्यो हामीले बनायौँ तर तपाईलाई त्यस ठाउमा पु-याउनेहरुको माग सम्वोधन गर्ने कि नगर्ने ? कम्रेड नत्र तपाईले नै सिकाउनुभयो बन्दुक उठाउन त्यहि बन्दुक तपाईमाथि उठाउन नपरोस्’ पुर्वलडाकु भन्छन् ।

लामो समययता आन्दोलन गरिरहेका यी बहिर्गमित लडाकुहरु पार्टी नेतृत्वतिर चोर औला ठड्याउँदै आएका छन् । बहिर्गमित लडाकुहरुको मामिलामा पनि माओवादी किन यस्तो व्यवहार गरिरहेको छ कि, न तिनको माग सम्वोधन हुन सकेको छ, न तिनलाई केही भन्न सकिरहेको छ । जसलाई अयोग्य भनेर शिविरबाट निकालेको थियो, तिनीहरु के चाहिरहेका छन् ? शान्ति सम्झौता भएको १० बर्ष वित्दा पनि उनीहरु किन त्यही मुद्दा लिएर पटक नेतृत्वविरुद्ध लड्नु पर्ने अवस्था आयो ? त्यसतर्फ नेतृत्व गम्भीर बन्न सकेको छैन । सत्ताको चास्नीमा रमाइरहेको नेतृत्वपंक्ति यतिबेला अयोग्य लडाकूलाई पुलिस लगाएर पेरिस डाँडाबाट लखेट्ने काम भएको छ ।