१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस विवाद टुंगियो, अधिवेशनको कार्यतालिका हेरफेर हुने

नेपालब्रिटेन डट कम्
१० माघ २०७६, शुक्रबार १४:१८

काठमाडौँ — महाधिवेशनको मिति यथावत राखी तल्ला निकायको अधिवेशनको कार्यतालिका परिवर्तन गर्नेगरी कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएको छ ।

देउवा निवास बुढानिलकण्ठमा लञ्चसहित ६ घण्टा बसेको शीर्ष नेताहरुको बैठकले विवाद टुंग्याएको हो।

उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशन तोकिएको मितिमा गर्नेगरी मातहतका अधिवेशनको मिति परिवर्तन गरेर सहमति भएको जानकारी दिए।

यस्तै क्रियाशील सदस्यता छानवीन गर्न समिति बनाउन पनि सभापति शेरबहादुर देउवा तयार भएपछि विवाद टुंगिएको हो । शुक्रबारको बुढानिलकण्ठ बैठकमा असन्तुष्ट अर्का नेता कृष्णप्रसाद सिटौला पनि सहभागी थिए ।

‘पुस ११ गतेको केन्द्रीय कार्यसमितिले गरेको निर्णय अनुरुप पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म गर्ने र मातहतका अधिवेशनको कार्यतालिका परिवर्तन गर्ने गरी सहमति भएकोे छ ।