१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री ओलीलाई चुनौति दिँदै गृहमन्त्री थापाले भनेः एमसीसी अस्वीकार्य

sarusaru
११ माघ २०७६, शनिबार ०२:४४

सुर्खेत। गृहमन्त्री राम बहादुर थापाले नेपाल सरकराले एमसीसी सम्झौता अस्वीकार गर्ने बताएका छन्। गृह मन्त्रालयले आयोजना गरेको सुरक्षा गोष्ठीमा सहभागी हुन शुक्रबार सुर्खेत आएका मन्त्री थापाले नेकापा पार्टी कार्यालमा भएको राष्ट्रिय सभामा बिहीबार बिजय भएका नेकपाका उम्मेद्वारलाई बधाई कार्यक्रममा क्रममा यस्तो बताएका हुन।

उनले नेकपाको स्थायी कमिटिको केहि दिन पहिला बसेकको बैठकले एमसीसीको बिषयमा आधिकारिक धारण बनाएको भन्दै सरकारले समेत पार्टीको आधिकारिक धारणा मान्ने बताए।

उनले अमेरिकाले बारम्बार फरक अभिव्यक्ति दिएका कारण नेपाल सरकारले एकिन धारणा नआउँदासम्म कुनै सम्झौता नमान्ने बताए। उनले यो बिषय संसदमा प्रवेश गरेको भन्दै अबको टुगोँ संसदले गर्ने बताए।

एमसीसीबारे सत्तारुढ दल नेकपा भित्रै विवाद भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरुलाई एमसीसीको विरोधमा नबोल्न ह्वीप नै जारी गरेका थिए। तर, गृहमन्त्री थापाले प्रधानमन्त्रीको यस्तो ह्वीपको अवज्ञा गर्दै एमसीसीको विरोधमा बोलेका हुन्।

उता नेपाल र भारतबीच लिपियाधुरादेखि लिपुलेकसम्मको करिब ४ सय बर्ग मिटरको क्षेत्रफललाई लिएर केहि बिवाद भएको भन्दै कालापानिबाट भारतीय सेना फिर्ता नहुँदासम्म कुनै किसिमको बार्ता नगरीने समेत जनाए। उनले भारतमा भाजपा र नेपालमा नेकपाको स्थायी सरकार भएको भन्दै दुबै सरकारले चाँसो दिएर यो मुद्दा समयमै समाधान गरीनु पर्ने बताए।
डिसी नेपाल