८ बैशाख २०८१, शनिबार
Follow Us

नेपाल हाउस बनाउन लन्डन दूतावासमा छलफल

नेपालब्रिटेन डट कम्
९ मंसिर २०७३, बिहीबार १३:४३

लन्डन । गैरआवासीय नेपाली संघ यूकेको सकृयतामा बेलायतमा निमार्ण हुने नेपाल हाउस बारे नेपाली दूतावास लन्डन र संघ बीच छलफल भएको छ ।
एनआरएन यूकेको प्रतिनिधिमण्डलले बुधबार लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीसंग भेट गरि नेपाल हाउस बारे
छलफल भएको हो । उक्त भेटमा गैरआवासीय नेपाली सँघ यूकेका अध्यक्ष मुछेत्र गुरुङले राजदूत समक्ष एनआरएनए यूकेको नेपाल हाउस परियोजना बारे अवगत गराए । राजदूत सुवेदीले एनआरएनए यूकेले ऐतिहासिक कार्य थालनी गर्न लागेकामा खुशी व्यक्त गर्दै दूतावासले नेपाल हाउस प्रोजेक्टका लागि आर्थिक सहयोग सम्भव नभएपनि नौतिक तथा अन्य सहयोग र समर्थन सधैं गर्ने आश्वासन दिएका थिए ।

उक्त नेपाल हाउसले बेलायत बस्ने नेपाली समुदायमा दीर्घकालिन सकारात्मक 
प्रभाव पार्ने सुवेदीको धारणा थियो । राजदूत सुवेदीले दूतावास र एनआरएनए यूकेबीच आपसी सहयोग र सहकार्य रहने आशा पनि व्यक्त गरे । उक्त भेटमा दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले नेपाल हाउस प्रोजेक्टबारे इङल्याण्डका अन्यत्र शहरमा समेत जानकारी सभा राख्न सुझाव दिएका थिए ।

unnamed-1
नेपाल हाउस प्रोजेक्टका टेक्निकल डाइरेक्टर राजेश पाठकले प्रोजेक्टको डिपिआर प्रस्तुत गरे । उपाध्यक्ष योगकुमार फगामीले प्रोजेक्टको उद्देश्यबारे जानकारी दिए ।

टोलीमा उपाध्यक्षहरु योगकुमार फगामी, दासुराम पाण्डे र शान्ति थापा कुंवर, महासचिव विजयविक्रम 
लिंग्देन, सचिव फडिन्द्र भट्टराई, सहकोषाध्यक्ष ललित न्यौपाने, प्रवक्ता खुशी लिम्बु, युवा संयोजक हरि आचार्य, पूर्व सदस्यहरु राजेश पाठक, कृष्ण भट्टराई लगायत सहभागी थिए
उक्त अवसरमा राजदूत सुवेदीले नेपाल हाउस प्रोजेक्टकै लागि २६ डिसेम्बरमा अल्डरसटमा गर्न लागिएको च्यारिटी डिनरमा प्रमुख आतिथ्य स्वीकारे । उक्त च्यारिटीमा एनआरएनए आइसीसी अध्यक्ष शेष घलेलाई समेत निम्त्याउने योजना छ ।