११ बैशाख २०८१, मंगलवार
Follow Us

फिनल्यान्डकी निरुषा खत्री बनिन् ‘मिस नेपाल युरोप २०२०’

नेपालब्रिटेन डट कम्
१२ माघ २०७६, आईतवार २१:५६

लण्डन । बेल्जियममा पहिलो पटक आयोजना भएको नेपाली युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल युरोप २०२०’ को टाइटल फिनल्यान्डकी निरुषा खत्रीले हात परेकी छन् ।

ड्रिम्स नेपाल बेल्जियमको आयोजनामा आइतवार साँझ भएकोे प्रतियोगितामा सहभागी १२ प्रतियोगीलाई उछिनेर उनले सो टाइटल जितेकी हुन् ।

प्रतियोगितामा सेकेण्ड रनर अफ मिस युरोप २०२० ज्योती भट्ट, फस्ट रनर अफ मिस युरोप २०२०, संगिता थापा, मिस फोटो जेनिस, मेला नेपाली, मिस सोसियल श्रद्धा थापा भए ।

विजेताहरुलाई मिस नेपाल अनुस्का श्रेष्ठ र ड्रिम्स नेपालकी संस्थापक तथा एनआरएनए युरोप क्षेत्रीय महिला संयोजक योगिता थापाले नगद तथा क्राउन प्रदान गरेका थिए ।

प्रतियोगितमा बेल्जियमबाट मिला नेपाली, लुना श्रेष्ठ, सविना नेपाली र ज्योति भट्ट लगायत आयरल्यान्डबाट सङ्गीता थापा, अस्ट्रियाबाट सुशीला बोहरा, , स्विट्जरल्यान्डबाट रोजमेरी भोटिया, नर्वेबाट श्रद्धा थापा, जर्मनीबाट आश्मा घिमिरे तथा सामु पराजुली र फ्रान्सबाट श्रीया भण्डारी फाइनलका लागि छानिएका थिए ।

प्रतियोगिताका लागि विभिन्न देशहरुमा केही पहिलेनै अडिसन भएको थियो ।

विभिन्न शीर्षकमा उपविजेतहरुले मिस नेपाल २०२० मा सीधै प्रवेश पाउने भएका छन् । प्रतियोगिताको कोरियोग्राफर पूर्वमिस नेपाल सुगारिका केसी रहेकी थिइन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्व तथा वर्तमान पदाधिकारीहरुको बाक्लो उपस्थिती थियो ।