८ बैशाख २०८१, शनिबार
Follow Us

चाँद लामाको नयाँ गीत ‘छम ‘छम नाचिदेउ है’ सार्वजनिक (भिडियो)

नेपालब्रिटेन डट कम्
१२ माघ २०७६, आईतवार २३:५७

लन्डन । गायक चाँद लामाको नयाँ गीत ‘छम ‘छम नाचिदेउ है’ सार्वजनिक गरिएको छ । युके बस्दै आएको चाँदको केहि समय अघि सार्वजनिक उक्त गीतले सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । नेपाल बाहिर रहेपछि नेपाली गीतसंगीतलाई बिर्सन नसकेका चाँदको उक्त गीतमा उनलाई निर्मता घिसिङले साथ दिएकी छिन् । यस्तै गीतमा राजेश श्रेष्ठको शब्द छ भने सम्राट थापाले संगीत भरेका छन् । गीतको भिडियो राहुल बराइलीले निर्देशन गरेका हुन् । भिडियोमा प्रिन्स थापा र तिर्सना बसेलको अभिनय छ ।