१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सर्लाहीको एनसेल टावरमा बम विष्फोट

sarusaru
१३ माघ २०७६, सोमबार ०५:११

सर्लाहीको लालबन्दीमा रहेकाे एनसेलको टावरमा बम विष्फोट भएको छ । सोमबार राती १ बजेको समयमा लालबन्दी नगरपालिका-१६ परवानिपुरस्थित एनसेलको टावरमा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । प्रहरीका अनुसार विष्फोटबाट टावरमा आंशिक रुपमा क्षति पुगेको छ ।

बम विष्फोटको ठूलो आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिहान घटनास्थल पगेकाे प्रहरी उपरिक्षक पोखरेलले भने, ‘म भर्खरै घटन स्थल पुगेर आएँ । टावरमा सामान्य क्षति भएको छ।’

टावर गाउँबाट झण्डै आधा किलोमिटर टाढा रहेकोले मानवीय क्षति नभए पनि रातकाे समयमा बम विस्फाेट भएकाेले स्थानीय त्रसित बनेका छन् । विष्फोटमा विप्लप समूहको संलग्नता रहेको हुन सक्ने प्रहरीले आशंका गरेकाे छ । घटनामा संलग्न व्यक्तिको खाेजी भइरहेको प्रहरीले जनाएको छ ।