१६ चैत्र २०८०, शुक्रबार
Follow Us

जुवाखालबाट वडाध्यक्षसहित १६ जना पक्राउ

नेपालब्रिटेन संवाददाता
१३ माघ २०७६, सोमबार ०६:१६

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीले गए राति नेपाली कांग्रेसबाट विजयी वडा अध्यक्ष सहित १६ जुवाडे पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलन चोक बाट विशेष सूचनाका आधारमा उनि हरुलाइ पक्राउ गरेको हो । गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष गुड्डु भनिने रविन्द्र शाही सहितका १६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले वडा अध्यक्ष सहितका १६ जुवाडे पक्राउ गरिएको पुष्टि गरेका छन्। उनीहरुको साथबाट तत्काल २२ लाख ८२ हजार बढि नगद पनि बरामद गरिएको छ ।