११ बैशाख २०८१, मंगलवार
Follow Us

पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम बंगाल भ्रमणमा

नेपालब्रिटेन संवाददाता
१३ माघ २०७६, सोमबार ०६:२२

काठमाडौं ।पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित आज भारतको पश्चिम बंगाल भ्रमणमा निस्केका छन् । गएको मंसिर २७ गते झापा पुगेका ज्ञानेन्द्र पूर्वरानी कोमल र निजी कर्मचारीसहित पश्चिम बंगालको सिक्किम प्रस्थान गरेका हुन् । पूर्वराजा शाह नीजी सचिव सागर तिमल्सिना, एक निजी सुरक्षागार्ड, केही निजी कर्मचारीसहित सिक्किमका विभिन्न धार्मिकस्थलको भ्रमणमा निस्केका हुन् । उनलाइ कारगेटसहितको सरकारी टोलीले पश्चिमबंगाल पु-याउने व्यवस्था मिलाइएको थियो ।