८ बैशाख २०८१, शनिबार
Follow Us

सभामुख सापकाटोको सपथ ग्रहण सम्पन्न

नेपालब्रिटेन संवाददाता
१३ माघ २०७६, सोमबार ०६:४७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख अग्नि सापकोटालाई पद तथा गोपनियताको सपथ गराएकी छन् । राष्ट्रपति निवास सितलनिवासमा आयोजित कार्यक्रममा उनले नवनिर्वाचित सभामुख सापकोटाले राष्ट्रपतिवाट सपथग्रहण गरे । कार्यक्रममा उपराष्ट्रपति, मन्त्री, संवैधानिक अंगका प्रमुख तथा पदाधिकारी कुटनीतिक नियोगका प्रमुखलगायत उच्च पदस्थ पदाधिकारीको उपस्थिति थियो ।
सपथलगत्तै सभामुख सापकोटाले सि.हदरवारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

सितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख अग्नि सापकोटालाई पद तथा गोपनियताको शपथ गराइरहदाँ निवास बाहिर अधिकारकर्मीले प्रदर्शन गरेका छन् । प्रर्दशनका क्रममा प्रहरीले झण्डै ११ जना अधिकारकर्मीलाई पक्राउ गरेको जनाएको छ । सापकोटा माथि हत्या अभियोग लागेकोले उनलाई सपथ नगराउन दवाब दिन आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी अधिकारकर्मी चरण प्रसाईंलगायतलाई पक्राउ गरेको हो ।