१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन बेल्जियमले नवनियूक्त राजदूत थापालाई स्वागत गर्ने

नेपालब्रिटेन डट कम्
९ मंसिर २०७३, बिहीबार १५:३२

लन्डन । गैरआवासीय नेपालीस संघ बेल्जियमले त्यहाँका लागि नवनियुक्त राजदूत लोक बहादुर थापालाई स्वागत गर्ने भएको छ । संघका अध्यक्ष गंगाधार गौतमका अनुसार अगामी आइतवार लुभेन शरहमा एक बिषेश कार्यक्रमका बीच उनको सम्मान गरिन लागिएको हो । एनआरएन बेल्जियमको आयोजनामा ओन्ज हाउसमा आयोजना हुने च्यारीटी कार्यक्रममा राजदूत थापा बिषेश अतिथिको रुपमा उपस्थित रहने छन् । साँझ ७ बजेबाट शुरु हुने सो कार्यक्रममा सहभागी हुन गैरआवासीय नेपाली संघ बेल्जियमले सबै नेपाली समूदायलाई आग्रह गरेको छ । सोही कार्यक्रममा नेपाल ताराले चर्चित गायक दिपक लिम्बु, साईमा श्रेष्ठ , झरना रिजाल, अनजल श्रेष्ठको समूहले आफ्नो प्रस्तुती दिने भएका छन् ।
15178196_10209886338369398_2374425642862853810_n