१५ चैत्र २०८०, बिहीबार
Follow Us

सभामुख सापकोटालाई एनआरएनए अध्यक्ष पन्तको बधाइ र शुभकामना

नेपालब्रिटेन संवाददाता
१३ माघ २०७६, सोमबार ०७:४५

काठमाडौं । नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका छन् । अध्यक्ष पन्तले भनेका छन्, ‘प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा सम्मानीय अग्नि सापकोटाज्यूलाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’

हिजो आइतबार निर्विरोध निर्वाचन सभामुख सापकोटाले आज सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट शपथ लिएका हुन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए । त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रिगण, सांसद, संवैधानिक अङ्गका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी अधिकारीलगायतको सहभागिता रहेको थियो ।