७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘एमसीसीबारे बहस भइरहेको छ, पास गर्न हतार नगरौं’

नेपालब्रिटेन संवाददाता
१३ माघ २०७६, सोमबार ०७:५८

काठमाडौं । नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे बहस भइरहेको भन्दै यसलाई पास गर्न हतार गर्नु नहुने प्रतिक्रिया दिएका छन् । सोमबार सपथपछि पदभार ग्रहणपछि एमसीसीबारे बहस भइरहेको बताउदै बहसलाई सहज रुपमा निचोडमा पुग्ने बताए । उनले सवैले अध्यनन गर्दै गरेकाले पास गर्न किन हतार गर्नुपर्‍यो भनि प्रश्न गरे ।

उनले आफ्नो विरोधमा सडकमा उठेका स्वरहरुलाई लोकतान्त्रिक प्रक्रियाकै रुपमा आफूले लिएको बताएका छन् । सिंहदरवारस्थित संसद सचिवालयमा पदभारग्रहण गर्दै सभामुख सापकोटाले आफूमाथि प्रश्न उठेपनि ती प्रश्नहरु निरुपण हुँदै जाने विश्वास व्यक्त गरेका छन् । उनले मुद्दा जारी रहेको अवस्थामा थप टिप्पणी गरे ।

सभामुख सापकोटाले अब संसदको कामलाई प्राथमिकताको आधारमा अघि बढाउने प्रतिबद्धता जनाए । उनले जनतालाई हामीले चुनेका प्रतिनिधिनीहरुले लोकतान्त्रिक ढंगले छलफल गरेका भनेर विश्वास दिलाउने प्रयासमा रहने बताए । यसअघि, सापकोटाले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका थिए ।