१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपालमै कोरोना भाइरसको परीक्षण सुरू

sarusaru
१३ माघ २०७६, सोमबार ०९:०३

काठमाडौँ — सरकारले नोवेल कोरोना भाइरसको प्रयोगशाला परीक्षण सोमबारदेखि मुलुकमै सुरू गरेको छ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा सोमबारदेखि परीक्षण सुरु भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अघिकारी राजेश गुप्ताले हाल टेकु अस्पतालबाट संकलित ३ वटा शंकास्पद नमुनाको परीक्षण सुरू गरिएको बताए। यसको नतिजा बुधबार-बिहीबारसम्म प्राप्त हुनेछ। यो परीक्षणअन्तर्गत ‘पीसीआर टेस्ट’, को परिणाम ७२ घन्टापछि प्राप्त हुने गर्छ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणका कारण चीनमा कम्तीमा ८० जनाको ज्यान गइसकेको छ। त्यस्तै चीनमा मात्रै २ हजार ७ सयभन्दा बढीमा यसको संक्रमण देखिएको छ। सोमबार बिहानसम्म हङकङमा ८ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ। वुहानबाट फर्किएका एक नेपाली विद्यार्थीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस विश्वका विभिन्न देशमा समेत फैलिइसकेको छ। चीन बाहेक विश्वका विभिन्न देशका ५० भन्दाबढीमा यसको संक्रमण देखिएको छ।
कान्तिपुर