८ बैशाख २०८१, शनिबार
Follow Us

नक्कली फेसबुक चलाउने एनआरएनए अमेरिकाका प्रवक्ता र सल्लाहाकार बर्खास्त (पत्र सहित)

नेपालब्रिटेन डट कम्
१३ माघ २०७६, सोमबार २०:०४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले आफ्ना प्रवक्ता ओम भट्टराई र सल्लाहाकार शिव मल्ललाई ४५ दिनसम्मका लागि जिम्मेवारीबाट मुक्त गरेको छ।

गैरआवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष कृष्णजिवी पन्तका अनुसार एनआरएनए अमेरिकाको आइतबार राती बसेको बैठकले भट्टराई र मल्ललाई जिम्मेवारी मुक्त गरी छाविन गर्ने निर्णय गरेको हो।

यसअघि अमेरिकामा कार्यरत आईटी विज्ञ प्रसन्न संग्रौलाले भट्टराई र मल्लले चलाएको एक फेसबुक गिरोहको पर्दाफास गरेका थिए । अमेरिकामा सक्रिय सीधा कुरा नामक छद्मभेषी फेसबुक प्रोफाईल पेज बनाएर आफ्ना बिरोधीहरूको खोईरो खन्ने र चरित्र हत्यासम्म गर्ने हर्कत गर्दै आएको गिरोहको अगुवाईमा एनआरएनए अमेरिकाका प्रवक्ता ओमकुमार भट्टराई र सल्लाहकार शिव मल्लले रहेको उनले दावी गरेका थिए । उनीहरु दुवैलाई गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष केशव पौडेलको संरक्षण रहेको थियो । पछिल्लो प्रकरणको वारेमा पौडेलले मुख खोलेका छैनन् ।

एनआरएनए अमेरिकाको गत निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदवार भई पराजित भएका प्रसन्न संग्रौलाले प्रवक्ता भट्टराई र सल्लाहाकार मल्लविरुद्ध सामाजिक सञ्जालमा फेक आईडी तयार गरी एनआरएनका अभियन्ताहरु र अन्य अमेरिकामा बस्ने नेपालीहरुबारे भएनभएका कुरा प्रकाशित गरेको आरोप लगाउँदै छानविनका लागि निवेदन दिएका थिए।

यसै विषयलाई लिएर एनआरएनएको आइतबार राति बसेको आपतकालीन बैठकमा उनीहरुविरुद्ध छाविन गर्न समिति गठन गर्ने निर्णय भएको छ।

पन्तका अनुसार बैठकले वरिष्ठ अध्यक्ष डा. अर्जुन बन्जाडे संयोजक, कानूनी सल्लाहाकार धन बस्नेत सदस्य, सल्लाहाकार सञ्जय थापा सदस्य, आईसीसी प्रतिनिधि एकजना र महिला कोअर्डिनेटर दिक्षा बस्नेतले तोकेको एक प्रतिनिधि सदस्य रहेको छाविन समिति गठन गरिएको छ ।

समितिलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। अध्यक्ष सुनिल साह प्रवक्ता भट्टराई र मल्लमाथि कारबाही नगर्ने पक्ष रहे पनि उनी कार्यसमितिको बैठकमा अल्पमतमा परे पछि कार्यवाहीको प्रकृया अघि बढेको हो ।

Exclusive: यसरी फन्दामा परे नक्कली फेसबुक चलाउने गिरोह (भिडियो)