११ बैशाख २०८१, मंगलवार
Follow Us

साँग्रीला समाज बेल्जियमको अध्यक्षमा नारायण अधिकारी निर्विरोध

नेपालब्रिटेन डट कम्
१३ माघ २०७६, सोमबार २२:१३

लन्डन । साँग्रीला समाज बेल्जियमको अध्यक्षमा नारायण अधिकारी चयन भएका छन् ।

संस्थाको आइतवार सम्पन्न अधिवेशनले अधिकारीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

कार्यसमितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा परमानन्द सापकोटा, यशोदा थापा, महासचिव निलम घिमिरे सापकोटा, सचिव रुविना शर्मा, कोषाध्यक्ष दिनेश थापा तथा सदस्यहरुमा राजेश केसी, सविता काफ्ले, सुनिता महत, राजेन्द्र कार्की,कमल सापकोटा, विदुर केसी, प्रभात पौडेल लगाएत छनोट भएका छन् ।

अधिवेशनलाई शुभकामना मन्तव्य दिदैं बेल्जियमका लागि नेपाली दूतावासका उपप्रमुख सुधिर भट्टराईले नेपाली भाषा र संस्कृतिको प्रर्वधनको लागि लाग्न आग्रह गरे । उनले सबै नेपाली समुदायलाई नेपालको सम्मृद्धिको अभियानमा संलग्न हुन आव्हान गरेका थिए ।

अधिवेशनलाई सम्वोधन गदैं संस्थाका पुर्व अध्यक्ष यामु निरौलाले साँग्रिला समाज पुरानो सँस्था भएको वेल्जियमस्थित नेपाली समुदायको अभिभावकको रुपमा रहेको बताए ।

संस्थाका निवर्तमान अध्यक्ष खड्क केसीले आफ्नो कार्यकालमा समाजले नेपाली समुदाय बीच राम्रो सम्वन्ध कायम गर्न सफल भएको बताए

दुई कार्यकालको नेतृत्व गरेका केसीले भुकम्प पिडितको लागि नेपालमा सक्दो सहयोग गरेको तथा नेपालका दुई विद्यालयमा कम्प्युटर वितरण गरेको जानकारी दिए ।

कार्यक्रममा एनआरएन उपाध्यक्ष हरि भट्टराई लगायत वेल्जियमस्थित नेपाली संघसँस्थाका प्रतिनिधीहरुको उपस्थिती थियो । ।

साँग्रीला समाज बेल्जियममा सन् २००५ मा स्थानिय कानून अनुसार दर्ता भएको सँस्था हो । संस्थाले नेपाल भाषा संस्कृतिको जर्गेना गर्ने उदेश्यले हाजीरी जवाफ, नेपाली भाषा कक्षा संचालन लगायतको काम गर्दै आएको संस्थाकी नवनिर्वाचित महासचिव निलम घिमिरेले जनाइन् ।