१५ बैशाख २०८१, शनिबार
Follow Us

प्रशान्त महासागरमा ७ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

नेपालब्रिटेन डट कम्
१० मंसिर २०७३, शुक्रबार ०२:३७

काठमाडौं । प्रशान्त महासागर केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ । नेपाली समय अनुसार गएराति साढे १२ बजे प्रशान्त महासागरको मध्य अमेरिकी तट केन्द्रविन्दु भएर भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।
प्रशान्त महासागरमा गएको ७ रेक्टर स्केलको भूकम्पको धक्का मध्य अमेरिकी देश एल साल्भाडोर निकारागुवामा महसुस भएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । एल साल्भाडोरको प्रशान्त महासागरको तटीय क्षेत्रमा रहेका बस्ती खाली गरिएको छ । भूकम्पका कारण भएको क्षतिको विवरण अहिलेसम्म आएको छैन । सुरुमा ७ दशमलव २ रेक्टरको भनिएकोमा पछि ७ रेक्टर सकेल भनिएको थियो ।
भूकम्पपछि जारी गरिएको चेतावनीमा भूकम्पको केन्द्रविन्दुबाट तीन सय किलोमिटर परसम्म सुनामीका खतरनाक छाल आउने उल्लेख गरिए पनि पछि यो चेतावनी फिर्ता लिइएको छ । एल साल्भाडोर सरकारले भने सुनामीको चेतावनी कायम राखेको छ ।