८ बैशाख २०८१, शनिबार
Follow Us

चीनमा कोराना भाइरसले ज्यान गुमाउनेको संख्या १०६ पुग्यो

नेपालब्रिटेन संवाददाता
१४ माघ २०७६, मंगलवार ०४:५५

बुआन । चीनमा नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १०६ पुगेको छ भने ४ हजार भन्दा बढी संक्रमित भएका छन् । चीनमा भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ । भाइरस शुरू भएको वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ ।

चीन बाहिर जर्मनी, फ्रान्स, नेपाल, अमेरिका, अस्ट्रेलियासहितका १६ देशमा गरी कम्तिमा ४७ जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकाले आफ्ना नागरिकहरूलाई आफ्नो चीन यात्राबारे पुर्नविचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाएको छ ।