१४ बैशाख २०८१, शुक्रबार
Follow Us

तटस्थ भूमिका निभाउन सभामुखलाई काङ्ग्रेस सभापति देउवाको सुझाव

नेपालब्रिटेन संवाददाता
१४ माघ २०७६, मंगलवार ११:१८

काठमाडौं । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले संसद प्रतिपक्षको हो भन्ने विश्वव्यापी मान्यतालाई ख्याल गर्न सभामुखलाई आग्रह गरेका छन् । प्रतिनिधि बैठकमा नवर्निर्वाचित सभामुख अग्नि सापकोटालाई बधाई दिदै सभापछि देउवाले सभामुख संसदको नेता र तटस्थ हुने मान्यताका कारण आफुहरुले सभामुखमा उमेदवारी नदिएको बताएका हुन् । उनले सरकारले प्रतिकूल विधेयकहरु ल्याएको भन्दै प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गर्न मागसमेत गरे ।

समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसिसीमा गुट र द्वन्द्वको गन्ध देखिनु गलत भएको बताए । भट्टराईले संघीयता नाममात्रको भएको र प्रदेशको नाम र राजधानी हिजो पञ्चायतको भन्दा फरक नरहेको उल्लेख गर्दै सुशासन र भ्रष्टाचारका विषयमा संसदमा बहस हुन नसकेको गुनासो गरे ।

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्षमण्डलका नेता महेन्द्र राय यादवले पार्टी सरकारलाई समर्थन गर्न तयार रहे पनि आवश्यक वातावरण नबनेसम्म सरकारमा नजाने बताए । प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै नेता यादवले आफूहरुले सत्ताका लागि नभई संविधान संशोधनका लागि सरकारलाई समर्थन गरेको बताए ।