१५ चैत्र २०८०, बिहीबार
Follow Us

क्यानडा–नेपाल संसदीय मैत्री बैठक सम्पन्न

नेपालब्रिटेन डट कम्
१० मंसिर २०७३, शुक्रबार ०५:१५

काठमाडौं । क्यानडा-नेपाल संसदीय मैत्री संघको पहिलो बैठक हालै क्यानडाको संसद भवन पार्लियामेन्ट हिलमा सम्पन्न भयो।संसदीय मैत्री संघका अध्यक्ष तथा क्यानडाको संसदको तल्लो सदन हाउस अफ कमन्सका सदस्य माननीय जेन टेनको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुखवक्ताको रुपमा क्यानडाका लागि नेपालका महामहिम राजदूत कालीप्रसाद पोखरेललाई निमन्त्रणा गरिएको थियो।बैठकलाई सम्बोधन गर्दै महामहिम राजदूत पोखरेलले सन् ज्ञढटछ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर रहँदै आएको दुई देश बीचको सम्बन्धलाई व्यापार, लगानी र पर्यटन प्रवर्द्वन तथा उच्चस्तरीय भ्रमणको आदान-प्रदानका माध्यमबाट अझ मजबुत र फराकिलो बनाउन आवश्यक रहेको बताउनु भयो।
उहाँले भूकम्पपछिको पुनःनिर्माण कार्यमा क्यानडा सरकारको सहयोग र सहभागिताका लागि अनुरोध गर्नुभयो। नेपाल भ्रमणमा जाने क्यानेडियनहरु र नेपालबाट क्यानडामा आउने नेपालीहरुको संख्या हरेक वर्ष बढ्दै गईरहेको तथा नेपालले क्यानडामा आफ्नो कूटनीतिक नियोगको स्थापना समेत गरिसकेको सन्दर्भमा नेपालमा क्यानडाको कूटनीतिक नियोगको स्थापनाको आवश्यकतामा उहाँले जोड दिनुभयो।साथै, उहाँले दुई देशबीच उच्चस्तरीय एवं संसदीय भ्रमणहरुको आदान(प्रदान, नेपालमा क्यानडाको कूटनीतिक नियोगको स्थापनातथा व्यापार र लगानी प्रवर्द्वनमा संसदीय मैत्री संघको सहयोगको अपेक्षा गरेको बताउँदै संसदीय मैत्री संघसँग नजिकमा रहेर कार्य गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो।
बैठकमा विशेष वक्ताका रुपमा आमन्त्रित कयानडाको विदेश मन्त्रालयको दक्षिण, दक्षिण पूर्व एवं ओसेनिया विभागकी महानिर्देशक ःक व्गष्बि द्यभलतभिथले क्यानडा(नेपाल सम्बन्ध सदैव सुमधुर रहेको र यसलाई अझ बढी विस्तार गर्न आवश्यक रहेको बताउँदै संसदीय मैत्री संघको गठनले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको बताउनु भयो। उहाँले गत वर्ष नेपालको संविधान जारी भएको र यसले नेपालको राजनीतिक स्थिरता र आर्थिक विकासका लागि अत्यन्त महत्वपूर्ण आधारशिला तयार गरेको बताउनु भयो। विगतमा क्यानडा सरकारले नेपालको विकासमा पुर्या्एको सहयोगको चर्चा गर्दै क्यानडाले नेपालको विकासमा सधैं सहयोग गर्ने बताउनु भयो।

कार्यक्रमका अर्का वक्ता टोरन्टोस्थित नेपालका अवैतनिक महावाणिज्यदूत डा।कुञ्जरमणी शर्माले क्यानडामा रहेको नेपाली डायस्पोराको बारेमा चर्चा गर्दै उनीहरुले क्यानडाको आर्थिक विकासमा योगदान पुर्यााएको बताउनु भयो। साथै, उहाँले नेपाल अन्य कतिपय मुलुकहरुको तुलुनामा शान्त र स्थिर रहेकोले व्यापार, लगानी र पर्यटन प्रवर्द्वनमा प्रसस्त संभावना रहेको र यसमा कूटनीतिक नियोगको महत्वपूर्ण भूमिका रहने भएकाले नेपालमा क्यानडाको कूटनीतिक नियोग स्थापना गर्ने पहल गरिदिन संसदीय मैत्री संघलाई अनुरोध गर्नुभयो।

कार्यक्रममा सांसद तथा सिनेटरहरुले नेपालको राजनीतिक, आर्थिक, सामाजिक र समसामयीक विषयमा महामहिम राजदूतसँग अन्तरक्रिया गरेका थिए।