४ बैशाख २०८१, मंगलवार
Follow Us

कर्मचारीले फाइल रोक्दा १० अर्ब लगानीमा ढिलाइ : एनआरएनए (भिडियो)

नेपालब्रिटेन डट कम्
१४ माघ २०७६, मंगलवार १७:०५

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपालका कर्मचारीतन्त्र लगानीको बाधक भएको आरोप लगाएका छन् । अध्यक्ष पन्तले नेपालबाट संचालिन अनलाइन पोर्टल नागरिकखबरलाई मंगलवार एक अन्तरवार्ता दिर्दै विशेष गरि नेपालको कर्मचारीतन्त्रसँग काम गर्न सक्ने अवस्था नरहेको बताए । उनले भने, ‘नेपालको व्युरोक्रेसीसँग काम गर्न त्यति सजिलो छैन ।

उनले भने अहिले पनि हाम्रो फाइल उद्योगमन्त्रालयमा अड्किरहेको छ । यहाँ प्रधानमन्त्री, अर्थ, परराष्ट्रमन्त्रालयमा धाएकोधाई गर्नु पर्छ साँच्चिकै भन्नु पर्दा यहाँको कर्मचारीतन्त्र फे्रण्ली छैन, तर पनि हामीलाई हाम्रो देशको अवस्था थाहा छ र यो सुध्रिने चरणमा छ भन्ने हामीलाई लागेको छ ।’ उनले संघले अघि सारेको १० अर्बको लागि कर्मचारीतन्त्रलाई घच्घच्याएर जसरी पनि कार्यान्वयनमा लगिने प्रतिबद्धता जनाए ।

अध्यक्ष पन्तले भने, ‘१० अर्बको कोषमा सरकारले पनि ५० करोड लगानी गर्ने भनेको थियो । अहिले त्यो कसले गर्ने भनेर विभिन्न मन्त्रालयमा फाइल घुमिरहेको छ । हामी छिटो यसलाई फाइनल गर्दिनुस् भनेर अर्थ र उद्योगमा भनेका छौं ।’

अध्यक्ष पन्तले भने, ‘यो प्रक्रिया टुंग्याइदिएपछि हामी फण्ड संकलन गर्न लाग्छौं । त्यसमा मैले अर्थमन्त्री र उद्योगमन्त्री र सचिवज्यूहरुसँग पनि कुरा गरेको छु । हामी प्रतिवद्धताअनुरुप १० अर्ब रुपैयाँको लगानी भित्र्याउन सक्छौं । ठूला आयोजनामै लगानी गर्ने हो ।’

यसअघि नेपाल सरकारका उच्चअधिकारी तथा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले नेपालमा राजनीतिक अस्थिरता छ, लोडसेडिंग छ, सुरक्षाको कारणले लगानीको वातावरण छैन बाहानामा नबाउन गैरआवासीय नेपाली समुदायलाई आग्रह गरेका थिए । राजदूत सुवेदीको भनाई आए लगत्तै गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले कर्मचारीतन्त्र लगानीको बाधक भएको वताएका हुन् । राजदुत सुवेदीले आइतवार लण्डनमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेपालमा लगानीको वातावरण छैन् भन्ने जस्ता कुरा अब नदोहोराउन अनुरोध गरेका थिए ।