१९ बैशाख २०८१, बुधबार
Follow Us

नेपाली समाज नटिङ्गम यूकेको अध्यक्षमा दीपक सापकोटा विजयी

नेपालब्रिटेन डट कम्
१४ माघ २०७६, मंगलवार १९:२२

लन्डन । नेपाली समाज नटिङघम यूकेको अध्यक्षमा युवा व्यवसायी, समाजसेवी एवम् क्रिकेटर दीपक सापकोटा निर्वाचित भएका छन् । समाजको छैटौं साधारणसभाले सापकोटालाई अध्यक्षमा निर्वाचित गरेको हो । सापकोटाले ११८ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रति द्वनदी शम्भु अर्यालले ८४ मत पाएका थिए । अर्याल भन्दा सापकोटाले ३४ मत बढी ल्याए । कूल २३४ मतदातामध्ये २०१ मत खसेको थियो । यसैगरी समाजका उपाध्यक्षमा रामप्रसाद पन्थी र अर्चना हमाल निर्विरोध निर्वाचित भए ।

यस्तै महासचिवमा रबिन्द्र शर्मा, सचिवमा लोकनाथ अधिकारी, कोषाध्यक्षमा मुकुन्दहरि खराल सहकोषाध्यक्षमा वीरेन्द्र (रेशम) खड्का निर्विरोध निर्वाचित भए । यस्तै सदस्यहरुमा सूर्य बस्नेत, कुमार भुजेल, यज्ञ डुम्रे, अर्जुन सापकोटा, लक्ष्मण भण्डारी, विजया (मीना) सापकोटा, पदम गोले, कृष्ण सापकोटा, रमेश पौडेल, उपेन्द्र सापकोटा र रवि गिरी रहेका छन् । एनआरएनए यूकेका पूर्वसचिव तारानाथ भण्डारी संयोजक र सहसंयोजकमा विष्णु चालिसेलगायत निर्वाचन कमिटीले निर्वाचित पदाधिकारीलाई सपथ गराएको थियो ।
समाजको छैटौं अधिबेशनमा निर्वाचित कार्यसमितिका पदाधिकारी हरुलाई नेपाली समाज नटिङ्गम युके संस्थापक अध्यक्ष रणबहादुर केसीले सपथ ग्रहण गराएका थिए ।