८ बैशाख २०८१, शनिबार
Follow Us

एमालेको धारणा अतिवादी : राप्रपा

नेपालब्रिटेन डट कम्
१० मंसिर २०७३, शुक्रबार ०५:२१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको प्रस्ताव ल्याए प्रतिवाद गर्ने एमालेको अडान ‘अतिवाद’ भएको आरोप लगाएको छ । राप्रपा र राप्रपा नेपालबीचको एकतापछि दुई दिनसम्म काठमाडौंमा चलेको केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्दै राप्रपाले सदन र सडकमा आन्दोलन गर्छु भन्ने एमालेको ‘अतिवाद’ले मुठभेड निम्त्याउन सक्ने औल्याएको हो । मधेसको माग सम्बोधन नभए निर्वाचन नहुने, निर्वाचन नभए संविधान कार्यान्वयन नहुने भन्दै उसले संविधान संशोधनमा प्रमुख प्रतिपक्षी एमालेले धेरै नकारात्मक धारणा बनाउन नहुने बताएको हो । दलीय सहमतिकै आधारमा राष्ट्रिय समस्या समाधान गर्न उसले ठूला दलको ध्यानाकर्षण पनि गराएको छ ।
संविधान संशोधन प्रस्तावबारे सरकारले छलफल नगरेको भन्दै राप्रपाले सत्तारुढ दलको व्यवहार गर्न प्रधानमन्त्रीलाई आग्रह पनि गरेको छ । संविधान संशोधनको प्रक्रियामा नेपाललाई हिन्दू राष्ट्र कायम गर्न पहल गरिने बताएको उसले केन्द्रीय कार्यसमितिले संबैधानिक राजतन्त्र र गणतन्त्रको विषयमा आगामी महाधिवेशनबाट टुंगो लगाइने निर्णय भएको जनाएको छ ।