६ बैशाख २०८१, बिहीबार
Follow Us

युरोपियन युनियनबाट बेलायत अलग्गिने प्रक्रिया स्वीकृत

नेपालब्रिटेन डट कम्
१६ माघ २०७६, बिहीबार ०३:५९

लन्डन । युरोपेली संसद्का सदस्यहरुले युरोपियन युनियनबाट बेलायत अलग्गिने प्रक्रिया (ब्रेक्जिट) लाई स्वीकृत गरेका छन्। बेलायत युनियनबाट जनवरी ३१ मा अलग हुँदैछ। त्यसका लागि युनियन र बेलायतबीच केही सहमति भएका छन्। संसद्ले ‘ब्रेक्जिट विथड्रल एग्रिमेन्ट’ नाम दिइएको सम्झौता पारित गरेको छ।

सम्झौताको पक्षमा ६ सय २१ सदस्यले मत दिएका छन्। विपक्षमा ४९ मत मात्रै परेको थियो। मतदानपछि युरोपेली सांसदहरुले संसदमा नै ‘अउल्ड लाङ सेनी’, ‘अलवेज युनाइटेड’ गीत गाउँदै बेलायत औपचारिक रुपमा युनियनबाट अलग हुने घोषणा गरेका थिए।

लामो बहसबीच बेलायत अन्ततः बेक्रजिटको संघारको पुगेको छ। गत अक्टोबरमा दुई पक्षबीच ब्रेक्जिटका लागि आवश्यक नयाँ सहमति भएका थिए। मतदानपछि संसद् प्रमुख डेभिड ससोलीले बेलायत युरोपियन युनियनबाट अलग भए पनि जहिल्यै युरोपको हिस्सा रहने बताए। भावुक हुँदै उनले बेलायतलाई ‘गुडबाइ’ भन्न आफूलाई गाह्रो भएको बताएका थिए।