१२ बैशाख २०८१, बुधबार
Follow Us

निद्रामा मस्त नेकपाका केन्द्रिय सदस्यहरु (भिडियो )

नेपालब्रिटेन डट कम्
१६ माघ २०७६, बिहीबार ०५:३०

काठमाण्डौ । दुई पार्टी एक भएको करिब २० महिनापछि पहिलो पटक एजेन्डासहित बुधबारबाट नेकपाको केन्द्रिय कमिटिको बैठक सुरु भएको छ । बैठक नै नराखेर पार्टीलाई गति हिन बनाएको आरोप नेतृत्वलाई लगाउँदै आएका केन्द्रिय सदस्यहरु बैठकमा भने जिम्मवार देखिएनन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको प्रगति विवरण सुनाइरहदा धेरैजसो केन्द्रिय सदस्य निद्रामा देखिन्थे । कतिपयले भने ध्यान दिएर सुन्दै सुनेनन् ।

पार्टी एकता भएको २० महिनापछि पहिलो पटक एजेन्डासहित बसेको बैठकमा केन्द्रिय सदस्यहरु निकै उत्साहित भएर सहभागी हुन्छन् भन्ने धेरैको लागेको थियो । तर, त्यसको ठिक विपरित दृष्य देखियो बुधबार राष्ट्रिय सभागृहमा ।

बैठक उद्घाटन गर्दै प्रधानमन्त्री तथा अध्यक्ष ओली पार्टी र सरकार कसरी सरकार बलियो बनाउने, दुबैको काममा कसरी एकरुपता ल्याउने भन्ने विषयमा बोलिराखेका थिए । तर, एक तिहाई भन्दा धेरै केन्द्रिय सदस्य भन्ने उनका कुरा सुनिराखेका थिएनन् । कतिपय सदस्य त निद्रामा नै भेटिए ।