१३ बैशाख २०८१, बिहीबार
Follow Us

महिलाहरूको नेतृत्वमा पब्लिकेसन नेपालय

नेपालब्रिटेन डट कम्
१६ माघ २०७६, बिहीबार १४:००

पब्लिकेसन नेपालयले २०२० देखि प्रकाशनको कार्यकारी जिम्मेवारी नयाँ नेतृत्वलाई सुम्पेको छ । प्रकाशनसँग सम्बन्धित व्यवस्थापकीय र प्रकाशकीय दुबै क्षेत्रलाई अब दुईजना सक्षम महिलाहरूले सम्हाल्ने भएका छन् ।

नेपालयका अनुसार व्यवस्थापनको नेतृत्व सैजन मास्के र प्रकाशनको नेतृत्व भूषिता वशिष्ठले सम्हाल्ने छन् ।

लामो समयदेखि नेपालयसँग सम्बन्धित सैजन मास्के बजार व्यवस्थापनको विद्यार्थी हुन् । अँग्रेजी साहित्यको अध्ययन गरेकी भूषिता भने सृजनशील लेखकका साथै उत्सुक पाठक पनि हुन् ।

पब्लिकेसन नेपालयको यो नयाँ टीम अब २०२० का निम्ति ताजा प्रकाशन तालिका सहित कृतिहरू प्रकाशन गर्ने काममा जुटेको छ ।

‘हाम्रो नयाँ टीमले पब्लिकेसन नेपालयका प्रकाशोन्मूख कृतिहरूमा मात्र होइन नेपाली प्रकाशन उद्योगमै ताजापन र जाँगर थप्छ भन्ने विश्वास लिएको छु’ नेपालयका संस्थापक किरण कृष्ण श्रेष्ठ भन्छन् ।

आफ्नो प्रकाशकीय भूमिका बारे प्रकाश पार्दै भूषिता भन्छिन्, ‘लामो समयसम्म महिलाका कथा भन्ने शैलीलाई कथित साहित्यिक दर्जा दिइएको थिएन । फगत शैलीका कारण, महिला लगायत अन्य लोकभाषी लेखनलाई नेपाली साहित्यले सिमान्तकृत गरेको थियो । वाक स्वतन्त्रता लोकतन्त्रको गरिमा हो । अर्कोतर्फ, वैचारिक विविधता लोकतन्त्रको अधार हो । आफ्नो संकीर्ण पूर्वाग्रहभन्दा माथि उठेर अरुको पीडा बुझ्न सक्ने नागरिकले मात्रै लोकतन्त्रको मर्मलाई जीवित राख्न सक्छन् । यिनै कुरालाई मनन गर्दै यो वर्षदेखि नेपालयले सकेसम्म बढी महिला, तथा अन्य सिमान्तकृत समुदायका अलिखित कथा तथा नौला साहित्यिक शैलीका पुस्तकलाई बिशेष स्थान दिने छ ।’

पब्लिकेसन नेपालयको व्यवस्थापनको बारे प्रकाश पार्दै सि.इ.ओ सैजन मास्के भन्छिन, ‘आजसम्म हामीले ४५ वटा कृतिहरू प्रकाशित गरिसकेका छौं । यो वर्ष हामी प्रकाशनको थप रणनीति तय गर्नेछौं जसमा महिला सर्जकहरूको अहम भूमिका रहने छ । उनी थप प्रष्ट्याउँछिन, ‘नेपालयमा हामी लामो समयसम्म प्रभावमा रहने कृतिहरूको खोजीमा हुन्छौं । अब पनि हाम्रो ध्यान निरन्तर त्यतैतिर केन्द्रीत रहनेछ ।‘

‘नेपाली प्रकाशन उद्योगको क्रियाशील प्रकाशक मध्ये एक भएको नाताले, यो उद्योगमा नयाँ स्फूर्ति थप्दै जानु हाम्रो जिम्मेवारी हो । हामीले सन् २००५ मा प्रकाशित गरेको पहिलो पुस्तक ‘पल्पसा क्याफे’ देखि नेपाली प्रकाशन उद्योगमा योगदान पुर्‍याउने कोशीस कायम राख्दै आएका छौँ ।’ नेपालयका संस्थापक किरण कृष्ण श्रेष्ठ भन्छन, ‘हाम्रो प्रकाशनको नयाँ नेतृत्वले यस उद्योग र नेपाली पाठकका निम्ति थप महत्वपूर्ण योगदान गर्ने कुरामा म बिश्वस्त छु ’ उनको थप भनाइ थियो ।

थप जानका