६ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाल प्रहरीका एसएसपी राणा निलम्बित

नेपालब्रिटेन डट कम्
१७ माघ २०७६, शुक्रबार ०७:३६

निर्मला बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको आरोपमा नेपाल प्रहरीका एक सिनियर अफिसरसहित दर्जन हाराहारीका प्रहरी कर्मचारी निलम्बन र बर्खास्तीमा परेको घटना सेलाउन नपाउँदै अर्का एक सिनियर अफिसर पनि कारबाहीमा परेका छन् ।
यौन हिंसाको उजुरी परेपछि एसएसपी शौरभ शमसेर राणालाई गृह मन्त्रालयले निलम्बन गरेको हो ।
उनी संघीय प्रहरी इकाई कार्यालय सुनसरीमा कार्यरत थिए ।
पदमै रहँदा उनले प्रमाण नष्ट गर्न सक्ने भन्दै निलम्बन गरिएको हो ।