१२ बैशाख २०८१, बुधबार
Follow Us

पत्रकार बोहराको निधन

नेपालब्रिटेन डट कम्
१० मंसिर २०७३, शुक्रबार १३:१७

काठमाडौ । नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका निवर्तमान अध्यक्ष कर्ण बोहराको आज आकस्मिक निधन भएको छ । केही दिनदेखि मध्यबानेश्वरस्थित भेनस अस्पतालमा मिर्गाैला रोग लागी उपचाररत आफ्नी श्रीमती ममताको कुरुवा बस्दै आउनुभएका बोहोराको ४० वर्षका उमेरमा आज निधन भएको अस्पतालले जनाएको छ ।

बझाङ, स्याँडी गाविसमा जन्मनुभएका बोहोरा ‘रेडियो पश्चिमाञ्चल नेपाल’का सञ्चालक, ‘न्युज २४’ पश्चिमाञ्चल ब्युरो प्रमुख एवम् प्रेस चौतारी नेपालका जिल्ला शाखा संस्थापक समेत हुनुहुन्थ्यो ।

हाल भीमदत्त नगरपालिका कञ्चनपुरमा बस्दै आउनुभएका बोहोराले केही समयदेखि मुटुको उपचार गराउँदै आउनुभएको थियो । उहाँको निधनपछि अस्पतालमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत र न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीलगायत पुग्नुभएको छ ।